६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

मेयर/उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्न खोजिएपछि तनाव

७ भाद्र, धनगढी । कैलालीको घोडाघोडी नगरपलिकामा मेयर/उप-मेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोज्दा स्थानीयमाथि प्रहरीले धरपकड गरेको छ । शिवशक्ति सामुदायिक वनले आफ्नो क्षेत्र भवन निर्माण गर्दा नगरपालिकाले हस्पक्षेप गरेको आरोप लगाएको छ । सामुदायिक वनले नै नगरपालिका कार्यालयका लागि जग्गा दिएको थियो । अहिले नगरपालिका नजिकै आफ्नो भवन बनाउँदा नगरपालिकाले हस्तक्षेप गरेको उनीहरुको आरोप छ ।

आज त्यही विषयमा नगरपालिकामा छलफल बोलाइएको थियो । तर निर्माण स्थलमा निर्माण अगाडि बढाउन नदिने मेयर खडल रावतको अडान पछि वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य आक्रोशित बनेका थिए । त्यसक्रममा उनीहरूले मेयर उपमेयरसहित जनप्रतिनिधिलाई कार्यालयमै थुनेर तालाबन्दीको प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीसँग धरपकड भएको थियो । घोडाघोडीका मेयर रावतले भने खुल्ला ठाउँ आवश्यक भएको हुँदा उक्त ठाउँ जोगाउन खोजिएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि