८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

ढुङ्गाले लागेर बस पल्टियो, २५ जना घाइते

७ भाद्र, काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर बस पल्टिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको हो । बसमा ३०र३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि