२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस र कम्युनिस्ट मिलेर सरकार बनाउनु गलत : बामदेव गौतम

७ भाद्र,  काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले कम्युनिस्ट पार्टीले काँग्रेससँग मिलेर सत्ता सहकार्य गर्नु गलत भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले शासन सत्ता हातमा लिन जे पनि गर्न नहुने धारणा राखेका हुन् । काँग्रेस र कम्युनिस्ट पार्टीको छुट्टाछुट्टै सिद्धान्त र मूल्य मान्यता रहेको भन्दै पदका लागि जे पनि गर्न नहुने उनको भनाइ छ ।

‘तपाईँ जुन मूल्य मान्यता अगाडि सारेर, जुन योजना बनाएर आउनुभएको छ त्यही बाटोमा हिँड्नुपर्छ, लतारेर ल्याउनुहुन्न, एक छिनको सुख शान्ति लिने, नेतृत्व लिने, नेता बन्ने, प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने शासन आफ्नो हातमा ल्याउन जे पनि गर्ने ?’ नेता गौतमले भने ।

विगतमा निरंकुश राजतन्त्र अन्त्य गर्न र संविधानसभाबाट संविधान बनाउन काँग्रेस र कम्युनिस्ट मिल्नु ठिक भए पनि सरकार चलाउन मिल्नु उपयुक्त नहुने उनले बताए ।

‘जसबेला मिल्नुपर्ने थियो, त्यसबेला हामी मिल्यौँ । निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टाछुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ?’ गौतमले सोधे ।

काँग्रेससँग मिल्नुपर्छ भनेर कम्युनिस्टको कुनै सिद्धान्तमा भनेको भए आफूलाई देखाइदिन पनि उनले आग्रह गरे । ‘कम्युनिस्ट पार्टीको सिद्धान्त छ, हिँड्दा पनि, बोल्दा पनि, काम गर्दा पनि सिद्धान्तले गाइड गर्नुपर्छ’, नेता गौतमले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि