७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

डोटीमा २ मोटरसाइकल ठोक्किँदा ३ जना घाइते, २ धनगढी रेफर

६ भाद्र,  डोटी । डोटीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । बुधबार दीपायल सिलगढी नगरपालिक ६ थाप्लामा दुई मोटरसाइकल आापसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका६ बस्ने २० वर्षका सुवास बानिया, उनकी बहिनी १७ वर्षकी माया बानिया र दीपायल सिलगढी ६ बस्ने १८ वर्षका विकास खत्री रहेका छन् ।

बाजुराबाट धनगढी जाँदै गरेका बानियाँले चलाएको सुपप्र०१०१२प ३५३३ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको बाप्र२०१९प १३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएकी माया जिल्ला अस्पताल डोटीमा उपचारपछि डिस्चार्ज भइसकेकी जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

सुवास र विकासलाई भने थप उपचारका लागि धनगढी रेफर गरिएकामा सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डोटी प्रहरीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि