२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

उदयपुरको चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल अब नयाँ डिजाइनमा बन्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुरको चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हा जोड्‍ने भाँचिएको पुल अब नयाँ डिजाइनमा बन्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भाँचिएको पुलको निर्माणका लागि नयाँ नक्साको डिजाइन स्वीकृत भइसकेको बताए ।
उक्त पुल निर्माण सकिएर गाडी चल्‍ने अवस्थामा पुगेको बेला त्रियुगा नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । ‘ठेक्काका प्रावधान, प्रचलित सार्वजनिक खरीद कानुन तथा पर्न आएका गुनासा, उजुरीहरू समेतलाई दृष्टिगत गरेर अध्ययन, विश्लेषणपश्चात पुलको डिजाइन परिवर्तन गरेर सडक विभागबाट स्वीकृत भई सोही अनुसार कार्य अगाडि बढाउन निर्माण व्‍यवसायीलाई निर्देशन आदेश भइसकेको छ’, प्रधानमन्त्री ओलीले संसदमा भने ।
नयाँ डिजाइनमा पुरानै ठेकेदारले पुल नबनाएमा ठेक्का तोडेर नयाँ ठेक्का लगाउने उनले बताए । यसअघि उदयपुरका जनप्रतिनिधिसहितको टोलीले पटक(पटक भाँचिएको पुलको निर्माण नयाँ डिजानमा सम्पन्न गर्न माग गरेका थिए ।
चौदण्डीगढी नगरपालिका वडा नम्बर(५ सिवाई(बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई ०७८ मा निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।
यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई(मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ(जाउ गर्न समस्या भएको छ ।

बाढीले क्षति पुगेको पुलमा २५र २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि