६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा जनाको मृत्यु, १७ घाइते

६ भाद्र, अनाकपल्ली (आन्ध्र प्रदेश, भारत) । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

“घटनामा तीन जनाको ज्यान गएको छ र १७ जना घाइते भएका छन्”, आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले भने ।

अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू अहिले परिसरमा प्रवेश गर्न सकिरहेका छैनन् र उद्धार कार्य जारी छ । कम्पनीभित्र अझै कति मानिस फसेका हुन सक्छन् भन्नेबारे स्पष्ट भएको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि