२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

गैरसहकारी तत्व प्रवेशले सहकारी बदनाम भयो : प्रधानमन्त्री ओली

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको हो । उनीहरू सहकारी गर्नभन्दा पनि बेग्लै उद्देश्यले प्रवेश गरेर यस्तो भएको हो ।’

प्रधानमन्त्री ओलीले सहकारीलाई फेरि पनि राम्ररी अगाडि बढाउने भन्दै साना पूँजीबाट ठूला काम गर्ने बताए ।

‘साना पूँजीले ठूला काम गर्नका लागि सहकारी अगाडि बढाउन सकिन्छ । स्टार्टअप, उद्योग, कृषिको आधुनिकीकरणका लागि सहकारीले काम गर्न सक्छ,’ ओलीले भने ।सहकारीहरू उत्पादन र सेवाका लागि योगदान दिन सकोस् भन्ने भावनासाथ अगाडि बढाउनुपर्ने भन्दै उनले अबको सहकारीको भूमिका त्यस्तो काममा हुनुपर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि