७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कैलालीमा ६ घण्टादेखि भारी वर्षा

५ भाद्र, काठमाडौं । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।  जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ ।

मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “धनगढीमा अहिले पनि वर्षा भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “विस्तारै कञ्चनपुरमा पनि वर्षा हुने देखिएको छ ।”

मधेस प्रदेश तथा वाग्मतीका विभिन्न स्थानमा वर्षा भइरहेको उनको भनाइ छ । “आज दिउँसो थप वर्षा हुने देखिएको छ,” उनले भने ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।  न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि