२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन्ः  सभापति देउवा

४ भदौ, काठमाडौं ।  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अरु पार्टीको खिलाप हुँदै होइन । यो सोच÷विचार नै गरिएको सहमति हो ।’

साथै  उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे ।

साथै उनले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।

‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन ।  किताबले मलाई फाइदा भएको होला ।  धन्यवाद दिन चाहन्छु’, देउवाले भने । कार्यक्रममा देउवा भन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि