६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कालीबाबाद्वारा हिन्दूधर्म रक्षाको अनुरोध

४ भदौ, काठमाडौँ । दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताएका छन् । पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आउनुभएका कालीबाबाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग अनुरोध गरे ।

उनले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गरे । सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिए ।

सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्र्धनमा योगदान पुर्‍याएका कालीबाल हाल भारतको आसाम, नयाँदिल्लीस्थित आसाममा बस्दै आएका छन् । कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा बाह्मण परिवारमा जन्मिएका कालीबाबा बाल्यकालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि