६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

दार्चुलाको नौगाडका प्रमुख प्रशासकीय अधिकृतले दिए प्रहरीमा उजुरी

३ भदौ, दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीले प्रहरीमा उजुरी दिएका छन । उनले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कानुनी उपचारको लागि उजुरी दिएका हुन

प्रमुख प्रशासकीय अधिकृत धामीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको बताएका छन् । ‘आफु शैल्यशिखर नगरपालिकाको २०८० असोज ५ गतेदेखि चैत ५ गतेसम्मको अवधिमा गरेको कामको जिम्मेवारीपूर्ण रुपमा मैले लिन्छु । प्रशासकीय अधिकृतको रुपमा कुनै कमजोरी भए नियमसंगत हुने कुरा छदैछ’ धामीले दिएको उजुरीमा भनिएको छ ‘शैल्यशिखर नगरपालिकाको काम कारवाहीको विषयमा अख्तियारले के कसो हो भनेर सोधेको पत्रलाई सामाजिक सञ्जालमा राखेर आफु र आफ्नो परिवारको सामाजिक र मानसिक चोट पु¥याउने काम भयो ।’

उनले उजुरीमा अनुसन्धानको विषय गोप्य राख्नुपर्ने तथा सरकारी कागजपत्रको गोपनियता भंग गरेर राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र कमजोर बनाउने कार्यविरुद्ध कानुनी प्रक्रिया अपनाइएको उल्लेख छ ।

आफ्नोविरुद्धमा शैल्यशिखर नगरपालिका–८ घर भई हाल काठमाण्डौंमा बस्दै आएका बीरभद्र जोशीले निरन्तर आफु र आफ्नो परिवारको चरित्रहत्या गरेको प्रमुख प्रशासकीय धामीको आरोप छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि