२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेताद्वारा पार्टी त्यागेको घोषणा

३ भदौ, काठमाडौँ । नेतृत्वको चरित्र र कार्यशैली गलत भएको भन्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेता-कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका छन् ।

पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् ।

उनीहरूले गत शनिबार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गरी पार्टी त्यागको घोषणा गरेका हुन् । ठूलो आशा बोकेर पार्टीमा लागेकामा अन्तमा निराश भएको क्षेत्रीय सदस्य विजय केसीले बताए । पार्टी छोडेर स्वतन्त्र अभियान सुरु गरेको उनले बताए ।

लामिछाने पुराना नेताभन्दा बढी अनैतिक र भ्रष्ट देखिएपछि पार्टीमा रहन नसकेको उनले बताए । उनले तत्काल कुनै पार्टीमा नजाने र छुट्टै अभियान सञ्चालन गर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि