राताे कागज सवाददाता
1 वर्ष अघि

३ भाद्र, धनगढी । बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् ।
आइतबार राति बुङ्गल नगरपालिका-१० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया