७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

एक युवती मृत फेला, शरीरमा चोटपटक

३ भाद्र, धनगढी । कैलालीको धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१ को चकमेली चोक नजिकै युवती मृत अवस्थामा फेला परेकी हुन ।

कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले थापा आइतबार दिउँसो डेरा गरि बस्ने कोठामा मृत भेटिएको बताए ।

उनी कोठाको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेको छ । उनको शरीरमा घाउ, चोटपटक रहेको प्रहरीको भनाइ छ । थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि