६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते

३२ साउन, धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी १९ वर्षीया अनिसा चौधरी र मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका हुन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, लम्कीचुहा–४ मै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे९प २०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० वर्षीया चन्द्रा भण्डारी र चालक कोहलपुर नगरपालिका–२ का ३० वर्षीय सन्तोष शाही घाइते भएका छन् । दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि