२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले गठन गर्यो कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति

३२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् । केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि