७ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गाजाबाट अष्ट्रेलिया आएका का आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’:उपप्रधानमन्त्री

३२ साउन, अष्ट्रेलिया । अष्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धको लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रबासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताएका हुन् ।

डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार गर्न सरकारलाई आह्वान गरेका थिए । उनको टिप्पणीलाई लेबर पार्टी, ग्रिन र इस्लामिक समूहहरूले भेदभावपूर्ण र जातिवादीको रूपमा निन्दा गरेका छन् । उनले संसदमा भएको एक घटनाको प्रसङ्गलाई जोड्दै घटनाले विपक्षी नेताको अपमान भएको मार्लेसले अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँगको कुराकानीमा भनेका हुन् ।

यसअघि नै बर्गेसले अस्ट्रेलियामा प्यालेस्टिनीलाई प्रवेश गर्नबाट रोक्न आवश्यक नभएको उल्लेख गरेका थिए। गृह मन्त्रालयले बुधवार जारी गरेको तथ्याङ्कले गत अक्टोबरको आक्रमणपछि प्यालेस्टिनीलाई दुई हजार ९२२ भिसा प्रदान गरेको सात हजार १११ आवेदन अस्वीकार गरेको जनाएको छ । सोही अवधिमा आठ हजार ७४६ इजरायली नागरिकलाई भिसा प्रदान गरिएको तथा २३५ आवेदन अस्वीकार गरेको देखाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि