७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

३२ साउन, काठमाडौँ । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । टेलिकमले आज एक सूचना जारी गदै आज राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने जनाएको छ ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ ।

सेवासम्बन्धी समस्याका लागि सदाझैँ १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि