७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पश्चिम नेपालमा भारी वर्षा, पहिरोको जोखिम

३२ साउन, काठमाडौँ ।  पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ ।

गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।

जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा  वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने निस्ती खोला लगायत अन्य स–साना खोलामा बहाव केही बढ्नसक्ने बताएको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि