७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमको आम्दानी दुई अर्ब ८० करोडले घट्यो

३१ साउन, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार (आज) आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो ।

गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । यसरी सञ्चालन आय एक अर्ब ८१ करोड तीन लाख १५ हजारले घटेको टेलिकमले जनाएको छ ।

गएको आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको टेलिकमले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको खुद नाफा सात अर्ब ९२ करोड एक लाख ५५ हजारको तुलनामा एक अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि