७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

बोलेरो दुर्घटना : दुई जनाको मृत्यु १३ घाइते

३१ साउन, सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकान्या बाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना भएको हो ।

दुर्घटनामा  परि थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनीहरुको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिनुभयो । दुर्घटना पछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि