२९ माघ २०८२, बिहीबार
खेलकुद

फिफा वरीयतामा नेपाल जहाको त्यही

५ साउन, काठमाडौं । फिफा वरीयतामा नेपाल जहाँको त्यही यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमै यथावत छ ।

यसअघि भारतमा भएको साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको नेपाल अघिल्लो महिना एक स्थान तल झरेको थियो ।

साफ च्याम्पियनसिप जितेको भारत एक स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लेको छ ।

पहिलो पटक साफ खेलेका लेवनान र कुवेतले वरीयतामा सुधार गरेका छन् । लेवनान १००औं र कुवेत १३७औं स्थानमा उक्लेको छ ।

दक्षिण एसियाली राष्ट्र माल्दिभ्स एक स्थान तल जर्दै १५५औं स्थानमा पुगेको छ । एक स्थान तल झरेको भुटान १८५औं स्थानमा छ ।

साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेको बंगलादेश तीन स्थान सुधार गर्दै १८९औं स्थानमा उक्लेको छ ।

पाकिस्तान २०१औं स्थानमा यथावत छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०४औं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये सबैभन्दा माथि रहेको जापान २०औं स्थानमा यथावत छ ।

इरान २२औं, अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा यथावत छ ।

विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा आसिन छ भने शीर्ष दशमा कुनै परिवर्तन भएको छैन । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र बेल्जियम पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौ, नेदरल्याण्ड्स सातौं, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected