१२ श्रावण २०८१, शनिबार
खेलकुद

फिफा वरीयतामा नेपाल जहाको त्यही

५ साउन, काठमाडौं । फिफा वरीयतामा नेपाल जहाँको त्यही यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमै यथावत छ ।

यसअघि भारतमा भएको साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको नेपाल अघिल्लो महिना एक स्थान तल झरेको थियो ।

साफ च्याम्पियनसिप जितेको भारत एक स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लेको छ ।

पहिलो पटक साफ खेलेका लेवनान र कुवेतले वरीयतामा सुधार गरेका छन् । लेवनान १००औं र कुवेत १३७औं स्थानमा उक्लेको छ ।

दक्षिण एसियाली राष्ट्र माल्दिभ्स एक स्थान तल जर्दै १५५औं स्थानमा पुगेको छ । एक स्थान तल झरेको भुटान १८५औं स्थानमा छ ।

साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेको बंगलादेश तीन स्थान सुधार गर्दै १८९औं स्थानमा उक्लेको छ ।

पाकिस्तान २०१औं स्थानमा यथावत छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०४औं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये सबैभन्दा माथि रहेको जापान २०औं स्थानमा यथावत छ ।

इरान २२औं, अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा यथावत छ ।

विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा आसिन छ भने शीर्ष दशमा कुनै परिवर्तन भएको छैन । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र बेल्जियम पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौ, नेदरल्याण्ड्स सातौं, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्