७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

चर्चामा आउन खरेलले आफूविरुद्ध उजुरी हालेको कुलमानको आरोप

३० साउन, काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले आफूविरुद्ध गलत मनसायले दुष्प्रचार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निन्दा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति प्रकाशन गरी घिसिङले आफूविरुद्ध भ्रामक प्रचार गरेको बताएका छन् ।

खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । टेलिभिजन कार्यक्रममार्फत पनि खरेलले घिसिङमाथि विभिन्न आरो लगाउँदै आएका छन् ।

घिसिङको विज्ञप्तिमा भनिएको छ,‘उजुरी दर्ता गर्दासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनका लागि मात्र गरेको मेरो ठम्याई छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि