३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

नेपाल अवसर नै अवसरको देश होः अभियन्ता भुसाल

काठमाडौं । अभियन्ता डा.निकोलस भुसालले पुराना नेताहरुको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् ।

बुधबार माइतिघर मण्डलामा भएको आन्दोलनमा उनले विगत धेरै वर्षदेखि यहीँ दुई चार जना नेताहरुले शासन गरिरहेको भन्दै यीनिहरुको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीलाई ३०, ४० वर्षदेखि यही दुई चार जना नेताहरुले शासन गरिरहेको छ यसलाई रोक्नुपर्छ । यीनिहरुको विकल्प हामीले अब खोज्नुपर्छ ।’

यसको साथै, उनले नेपाल अवसर नै अवसरको देश भएको भन्दै अब सबैजना मिलेर यसलाई बनाउनुपर्ने बताए ।

उनले भने, ‘यो देश अवसर नै अवसरको देश हो । हामी उठ्नुपर्छ भनेर हामी लागि परेका छाँै । यो आन्दोलनलाई सबैले साथ दिएको छ । विस्तारै विस्तारै हाम्रो आन्दोलन बढ्दै छ । काङ्ग्रेस एमालेबाट दिक्क भएर पनि धेरै जना आन्दोलामा सहभागि हुनु भएको छ ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि