२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणिय र उच्च स्तरको प्रक्रिया हो : सांसद भण्डारी

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणिय र उच्च  स्तरको प्रक्रिया भएको बताएका छन् ।

बुधबार संसद बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सांसद भण्डारीले शान्ति प्रक्रिया सबैभन्दा पहिला नेपालमै भएकोले गर्व गर्नुपर्ने बताएका हुन् ।

उनले  भने,  ‘नेपालको शान्ति प्रक्रिया र त्यस समयमा हाम्रा नेताहरुले गरेको  सुजबुझपूर्ण यो दुईवटा कुरा छ, यो  विश्वको अनुकरणिय र अत्यन्त उच्च  स्तरको हो, यो कुरा हामीले पहिला बुझ्नुपर्छ,  कुनै  पनि देशमा यत्रो हिंसा भएर १७ हजार भन्दा बढि मान्छेहरु मारिएर विस्थापित भएर, अंगभंग भएर यती राम्रो सेटल भएको  छैन, यो पहिला नेपालमै भएको छ यसमा हामीले  गर्व गर्नुपर्छ ।’

साथै, उनले सशस्त्र द्वन्द्वमा  जुन पार्टीका मान्छे मारिए पनि ति पार्टीहरुले अर्को पार्टीसँग  सम्झौता गरेर सँगै सरकारमा जाने र आफ्ना मनमुटावहरु अन्त्य भएको यती  छिटो विश्वमा नेपाल नै पहिले भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि