७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

रौतहटमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या

३० साउन, रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको  हत्या भएको छ ।

गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो ।  उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको  रौतहट प्रहरी उपरीक्षक घिमिरेले बताए ।

धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले जानकारी दिए । घटनाका बारे आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि