७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

लजमा जुवा खेलिरहेका आठजना समातिए

२९ साउन, काठमाडौं । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८, भोटेपुलस्थित कञ्चनजंघा होटेल एन्ड लजको ३०३ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उक्त होटेल सञ्चालक धरान–१६ की ४९ वर्षीया प्रमिला योङदेनसहित आठजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि