६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

२९ साउन, काठमाडौं । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अल्जजिराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार ९२९ जनाको मृत्यु भएको छ । अन्य ९२ हजार २४० जना घाइते भएका छन् ।

गत  अक्टोबर ७ मा हमासको आक्रमणबाट इजरायलमा एक हजार १३९ जनाको ज्यान गएको थियो । अन्य २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि