७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

डिउटीमा खटिएका हवल्दार अपहरणमा परेपछि..

२९ साउन, काठमाडौं । डिउटीमा खटिएका नेपाल प्रहरीका हवल्दार अपहरणमा परेका छन् । सडकबाटै जर्बजस्ती गाडीमा राखेर अपहरण भएको हो ।
सिन्धुलीमा सडक खटिएका ट्राफिक प्रहरीका सहायक हवल्दार संदिप नारायण दासको भारतीय समूहबाट अपहरण भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार गत १२ साउनमा उनी कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित हिरापानी चेकपोष्टमा मापसे चेकजाँचमा खटिएका थिए । बिआर २२ एपी ७३२१ नम्बरको भारतीय कार उनले मापसे जाँचका लागि रोकेका थिए । चेकजाँचको क्रममा विवाद भएपछि गाडीमा रहेका भारतीयले सहायक हवल्दार दासलाई जर्बजस्ती गाडीमा राखेर भागेका थिए । पछि सँगै डिउटीमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पछ्याएर करिब तीन सय मिटर टाढा सो गाडी रोकी प्रहरीको उद्धार गरेका थिए । गाडीमा रहेका पाँचै जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा कारबाही अघि बढाइएको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

पक्राउ पर्नेहरु बिहारको सीतामढिका बासिन्दाहरु छन् । उनीहरु नेपालमा धार्मिक भ्रमणमा आएका थिए । मदिरा पिएर उनीहरुले गाडी चलाएको समेत प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि