३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार

सार्कका विविध पक्षबारे छलफल

२९ साउन, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकामा मन्त्री राणाप्रति बधाईज्ञापन गरे ।

भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको