७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

बढी भयो सरकारले हजयात्रीसँग उठाएको रकम, प्रति व्यक्ति २३ हजार फिर्ता हुने

२९ साउन, काठमाडौं । सन् २०२४ का हजयात्रीसँग खर्चबापत उठाएर बढी भएको रकम सरकारले फिर्ता गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको साउन २४ गतेको बैठकले हज यात्रा गराउन उठाएर बढी भएको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले सन् २०२४ को हजयात्रा शुल्कबापत प्रति व्यक्ति ४ लाख १५ हजार रूपैयाँ उठाएको थियो । जसमा ३ लाख ९१ हर ५९३ रूपैयाँ मात्र खर्च भएकाले प्रति व्यक्ति २३ हजार ४०७ रूपैयाँ फिर्ता गर्न लागिएको हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले जनाएका छन् ।

समितिले अब यात्रुहरूलाई आइपिएसमार्फत खातामा रकम फिर्ता गरिदिनेछ । त्यसका लागि बैंक खाताको विवरण आफ्नो जिल्लाको प्रशासन कार्यालयमा एक महिनाभित्र अद्यावधिक गर्नुपर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि