२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२८ साउन, काठमाडौं । मोरङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१०, बागझोडाका ५८ वर्षीय लक्ष्मण नेपाल छन् ।

आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाल नेपालको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विवादका क्रममा लक्ष्मणले खुकुरी प्रहार गर्दा पवित्रा गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि