२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

२८ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि