२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ : उपमेयर डङ्गोल

२८ साउन, काठमाडौं ।  काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले  भनिन्, ‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् ।

उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले  भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको  पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि