६ पुष २०८२, आईतवार
समाचार समाज सुदूरपश्चिम

कैलालीमा चट्याङ लागेर १० जना घाइते

२७ साउन, काठमाडौं । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार आइतबार बेलकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरु घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हाली खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा घाइते भएका हुन् ।

घाइते हुनेमा उत्तरमुडाकी ५० वर्षीय फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीय माया चौधरी, ४५ वर्षीय कमलापती चौधरी, ३२ वर्षीय किरन चौधरी, ३८ वर्षीय उर्मिला डगौरा, ४० वर्षीय पार्वती चौधरी, ५० वर्षीय फूलकुमारी चौधरी, ३५ वर्षीय निर्मला देवी थारु र घोडाघोडी नगरपालिका-३ ढुसर बस्ने ३० वर्षीय ममता थारु रहेका प्रहरीले बताएको छ ।

उनीहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि