२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

१८ वर्ष मुनिका पौने ३ लाख बालबालिका विदेशमा

२७ साउन, काठमाडौं । २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको देखिन्छ । तीमध्ये पौने ३ लाख बालबालिका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार अक्सर विदेश बसोबास गर्ने जनसंख्याको १२.६ प्रतिशत बालबालिका छन् ।

विदेशमा बसोबास गर्ने कुल पुरुषमध्ये ११.१ प्रतिशत बालक र कुल महिलामध्ये १९.१ प्रतिशत बालिका छन् ।

यसरी बालबालिका विदेशिनुमा अभिभावकसँग विदेश गएको वा अध्ययन तथा कामको सिलसिलामा गएको पाइएको छ । विदेशमा गएकामध्ये कति जना भारत र अन्य मुलुकमा गएका हुन भन्ने चाहिँ खुलेको छैन ।धर्मपुत्रपुत्रीका रूपमा गएकाको समेत तथ्यांक समावेश गरिएको छैन । अनुपस्थित बालबालिका कति वर्षदेखि विदेशमा छन् भन्नेबारे समेत खुलेको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि