६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

आयरल्याण्डमा भएको झडपमा १० प्रहरी घाइते

२७ साउन, आयरल्याण्ड । उत्तरी आयरल्याण्डको प्रहरीले लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको जनाएको छ।

डेरी सिटी र स्ट्राबेनका प्रहरी सुपरिटेन्डेन्ट विलियम काल्डरवुडले भन्नुभयो, “हामीले देखेका दृश्यहरू घृणित थिए।”

उनले भने, “हिंसाका कारण हाम्रा अधिकारीहरू घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।”

बेलायतप्रति वफादार समूहले शहरमा जुलुश निकालेपछि भएको झडपमा ५० जनाभन्दा बढी युवाहरू सामेल थिए र यो केही घण्टासम्म चलेको थियो ।

आयरल्याण्ड गणतन्त्रको सीमा नजिकै रहेको क्याथोलिक बहुल शहर हुँदै वार्षिक प्रोटेस्टेन्टको प्रदर्शन र परेड कुनै पनि घटना बिना नै सम्पन्न भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि