७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

हुम्लामा बोलेरो दुर्घटना

२६ साउन,  काठमाडौँ । सिमकोट गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो।

सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई छलाउने क्रममा सडकबाट खसेको हो।

दुर्घटनालगत्तै चालक, सहचालकसहित पाँच जनाको उद्धार भएको थियो। दुर्घटनाबाट जीपको अगाडिको भागमा क्षति पुगेको र यात्रुलाई केही पनि नभएको प्रहरीले जनाएको छ।

उहाँलाई कुनै चोटपटक नलागेको कारण आआफ्नो घर जानुभएको छ। जीप दुर्घटना लगत्तै स्थानीयवासीले उद्धार सुरु गर्नुभएको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि