२५ आश्विन २०८३, आईतवार
राजनीति समाचार

रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई

२६ साउन,  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौं साधारणसभा शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् ।

‘विद्यार्थीहरु पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभई ज्ञानपछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देश बाहिर जाने परिस्थिति सिर्जना भएको हो’, शिक्षामन्त्री भट्टराईले भनिन्, ‘राजनीतिक अस्थिरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेका छन् ।’

उनले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन् । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल हुँदै गएको उनको भनाइ छ ।

शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रमलगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रमका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि