६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

चुनाव घोषणा भएपछि स्वदेश फर्किने तयारीमा शेख हसिना

२६ साउन, काठमाडौँ । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन् ।

गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो । हसिना देश छोडेर भारत पुगेपछि पनि २०० बढीको ज्यान गइरहेको छ ।

खासगरि हिन्दू अल्पसंख्यकहरुमा आक्रमण, अपहरण, हत्या तथा आगजनी तथा लुटपाटका घटनाहरु बढेका छन् । सन १९७१ मा बंगलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो संकट यहि भएको बताइएको छ ।

हसिनाका छोरा सजिब सूचना प्रविधिका विज्ञ हुन् । हाल उनी अमेरिकामा बसोबास गरिरहेका छन् । केहिदिन अगाडि उनले आफ्नै सल्लाहमा आमा हसिनाले देश छोडेको बताएका थिए । हसिनाको हत्या नै हुने भएकोले आफूले आमाले नमान्दा नमान्दै देश छोड्न आग्रह गरेको उनले बताएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि