२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछः मन्त्री शाही

२५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार  र वन मन्त्रालयले समाधान गर्ने बताएका छन् ।  शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ । वन डढेलोको चुनौती बढ्दै गइरहेको छ । मानव  र  वन्यजन्तुबीच द्वन्द्वहरु बढ्दै  गइरहेको छ । त्यसैले द्वन्द्व साथै चुनौतीहरुलाई क्रमश सरकार  र  वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै  बनाएर समाधान गर्ने  प्रकृया अगाडि बढाइरहेको छ । ’

यस्तै उनले स्थानीय समूदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको बताए । उनले नेपालले वन क्षेत्र मात्रै नभइ अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि