२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

ललितपुरमा ‘बडी वर्न क्यामेरा’सहितको क्यूआरटी

२४ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई प्रविधिमैत्री बनाएको छ ।

ललितपुर परिसर र मातहतका कार्यालयहरुमा क्युआरटीमा खटिने प्रहरीलाई ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् ।

नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले बडी वर्न क्यामेरासहितको क्युआरटीको उद्घाटन गरेका थिए । विपद्को अवस्थामा यथाशीघ्र उद्धार, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त कार्यसम्पादनका लागि भन्दै क्यूआरटी परिचालन हुँदै आएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि