७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक

२२ साउन, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र  द्वन्द्वलाई  शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।

आज (बुधबार) टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई  बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन् ।

उनले भने,  ‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ , किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’

साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे ।  उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि