६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आज रानाथारु समुदायमा तीज मनाइँदै, आज सार्वजनिक बिदा

२३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले  आज सार्वजनिक बिदा दिएको छ ।

२१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा आज तीज पर्व मनाइँदै छ । यस समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ ।

तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने गरिन्छ । तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला (पिङ) खेलेर रमाउने चलन रहेको छ । यस क्रममा परम्परागत मौलिक गीत गाइने गरेको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए ।

यो समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसंग मनाउने गरेका छन् । रानाथारु समुदायको तीजको अवसर पारेर धनगढी उपमहानगरपालिकाको कार्यालयले आज स्थानीय सार्वजनिक बिदा दिएको छ । यस्तै तिजको अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि विदा दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि