८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

विदेश पठाउँछु भन्दै २ करोड ठगी गर्ने ठाकुर पक्राउ

२२ साउन,काठमाडौँ ।  वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, कतार, साउदी, मलेसिया र कुवेत पठाउने भन्दै ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठाकुर र रवीन्द्र सापकोटा साझेदारी भएर उक्त मेनपावरमार्फत ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि