६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बंगलादेशमा प्रदर्शनकारीले नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु

२२ साउन,  ढाका । बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका नेताको एक होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा पनि २४ जना मारिएका छन् ।

समाचारअनुसार यस होटलमा सोमबारआगो लगाइएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लीगका एकजना जिल्ला नेताको रहेको बीबीसीले जनाएको छ।

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ का अनुसार उद्धार दलका सदस्यहरूलाई यस होटलमा लागेको आगो निभाउन १२ घण्टासम्म लागेको थियो ।

पत्रिकाको रिपोर्टअनुसार प्रदर्शनकारीले अग्निनियन्त्रकलाई कयौँ समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धारमा ढिलाइ हुँदा यतिका संख्यामा हताहती भएको हो ।

यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लदार हुन् । उनी जसोर जिल्लामा अवामी लीग पार्टीका महासचिव छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि