६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सर्पले डसेर ३ जना घाइते

२१ साउन, धनगढी। कैलाली र दार्चुलामा सर्पले डसेर ३ जना घाइते भएका छन । कैलालीको धनगढी, बर्दगोरीया र दार्चुलाको नौगाडमा सर्पले डसेर ३ जना घाइते भएका हुन । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३२ वर्षीय रमेश क्षेत्री घरमै बसिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका छन । घाइते रमेशको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बर्दगोरिया गाउँपालिका–३ बटुकुवाका ३० वर्षीय सागर नेपालीलाई पसलबाट घर आउने क्रममा सर्पले टोकी घाइते भएका छन । घाइते सागरलाई बर्दगोरिया अस्पताल बौनियामा सामान्य उपचारपछि थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नौगाड गाउँपालिका–२ की ६१ वर्षीया देउमती ठगुन्ना पनि सर्पले डसेर घाइते भएकी छिन् । उनी जंगलमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी हुन् । घाइते ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि