१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मनत  केसीलाई  खुकरी प्रहार गर्ने तीनजना पक्राउ

काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुली  फिक्कल  गाउँपालिका वडा नं  ३ घर  भइ  हाल  काठमाडौं  महानगरपालिका  २१  आलोकनगर  बस्ने  १८  वर्षीय  अनिष मगर,  दैलेख महावु  गाउँपालिका  वडा नं  ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१  आलोकनगर नै बस्ने २६ का कुमार  पण्डित र  दार्चुला बाँज  घर  भइ  हाल  कागेश्वरी मनोहरा नगरपालिका  ९  गोठाटार  हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई प्रकाउ  गरेको  हो ।

आइतबार  (हिजो) काठमाडौं  महानगरपालिका  वडा नं  ३१  आलोकनगरस्थित सौराहा होटल नजिक  सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत  केसीलाई  धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाउ परेकाहरुको साथबाट एक थान खुकुरी  र  मोवाइल दुई थान फेला परेको प्रहरीले जनाएको  छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि