२ फाल्गुन २०८२, शनिबार
राजनीति

अजयबाबु शिवाकोटीलाई आरजूको धम्की : बाहिर के के बोलेको, देखाइदिन्छु याद गर्नुस्

३ साउन, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्‍य एवम् सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई धम्क्याएकी छिन्।

मंगलबार पार्टी कार्यालयको बैठकस्थलबाट नेताहरू बाहिरिनेक्रममा आरजुले नै सुरुमा बोलाएर धम्की दिएको केन्द्रीय सदस्‍य शिवाकोटीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘बैठकबाट बाहिरिनेक्रममा मलाई उहाँले बोलाउनु भयो र सिधैं बाहिर त केके बोल्दै हिँड्नु भएको छ त ? भनेर प्रश्‍न गर्नुभयो। मैले जवाफ दिए- के बोले र ? के भयो ?’

आरजुले मलाई सबै कुरा थाहा भइसकेको भन्‍दै देखाइदिन्छु भन्‍दै धम्काएको शिवाकोटीको भनाइ छ ।

‘ आरजूले मलाई धम्कीको शैलीमा भन्‍नुभयो -बाहिर के के बोलेको सबै मलाई थाहा छ। म देखाइदिन्छु याद गर्नुस् नि !’ शिवाले भने ।

आरजुले चेतावनी दिएपछि शिवाकोटीले थप केही प्रश्न गर्न नपाउँदै नजिकै रहेका अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शिवाकोटीलाई तानेर बाहिर लगेका थिए ।

आरजुले शिवाकोटीलाई नक्कली शरणार्थीबारे प्रकरणबारे दिँदै आएको अभिव्यक्तिप्रति चेतावनी दिएकी छिन् ।

शिवाकोटीले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने साथै दोषी देखिए जो कसैलाई पनि कारबाही गर्नुपर्ने भन्‍दै फेसबुकमा स्टाटसमा लेखेका थिए । यो प्रकरणमा आरजुको पनि नाम जोडिएको थियो। तर उनीमाथि कुनै छानबिन भएको छैन।

शरणार्थी प्रकरणमै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पूर्वपक्षका लागि थुनामा छन्।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि मंगलबारदेखि सुरु भएको छ ।

बैठकमा सभापति महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यक्रम रहेको वार्षिक क्यालेन्डर प्रस्ताव गरे भने चुनावी प्रतिवेदन पूर्वउपसभापति गोपालमान श्रेष्ठले प्रस्तुत गरे। दोस्रो दिन बुधबार बिहान बैठक बस्‍नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।